ट्रम्प र उनका समर्थक लोकतन्त्रका लागि खतरा हुन् : जो बाइडेन

सफल खबर संवाददाता

शुक्रबार, १२ असोज २०८०, १३ : २२
ट्रम्प र उनका समर्थक लोकतन्त्रका लागि खतरा हुन् : जो बाइडेन

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पमाथि अमेरिकी संविधानलाई बरबाद पार्ने षड्यन्त्र रचेको आरोप लगाउँदै उनको आलोचना गरेका छन् ।रिपब्लिकन नेता जोन म्याकेनको सम्मानमा आयोजित एक कार्यक्रममा बाइडेनले पूर्व राष्ट्रपति र उनका समर्थक लोकतन्त्रका लागि खतरा भएको बताएका छन् । 

 

बाइडेन सरकारको कोष सकिन लागेको छ र अहिले सरकारले के गर्ने भन्ने बारे कुनै स्पष्ट योजना छैन । यस सङ्कटको बिच बाइडेनले रिपब्लिकन पार्टी अतिवादीसँग डराइरहेको बताएका छन् ।उनले ट्रम्पको पुनः मतदानको अभियान प्रतिशोधबाट प्रेरित भएको बताए ।

प्रतिक्रिया दिनुहोस