काठमाडौँ । प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले ३६ किलो चरेस सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–४ विजय बस्ती घर भएका ३४ वर्षीय नेत्र बहादुर श्रेष्ठ र बझाङ सुर्गा गाउँपालिका–४ घर भएका साहिमान पुजारा छन् ।
आरोपितहरूको साथबाट ३६ केजी ७१० ग्राम चरेस बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले बताए । असोज ७ मा लागुऔषध नियन्त्रण ब्युरो र शाखा कार्यालय वीरगन्जबाट खटिएको टोलीले पर्सा स्थित गम्हरीयाचोकबाट नेत्र बहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो ।
उनको साथबाट ३२ केजी चरेस बरामद गरिएको छ ।
असोज ४ मा लागु ब्युरोले धनगढीबाट कैलाली गौरिगंगा नगरपालिका–४ राजपुर खलंगा बजारबाट बझाङ सुर्गा गाउँपालिका–४ ठगुनडाँडा बस्ने वर्ष ४४ को साहिमान पुजारा पक्राउ गरेको थियो । उनको साथबाट ४ केजी ७१० ग्राम चरेस बरामद गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असोज २०८०, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ