काठमाडौँ । प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले ३६ किलो चरेस सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–४ विजय बस्ती घर भएका ३४ वर्षीय नेत्र बहादुर श्रेष्ठ र बझाङ सुर्गा गाउँपालिका–४ घर भएका साहिमान पुजारा छन् ।
आरोपितहरूको साथबाट ३६ केजी ७१० ग्राम चरेस बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले बताए । असोज ७ मा लागुऔषध नियन्त्रण ब्युरो र शाखा कार्यालय वीरगन्जबाट खटिएको टोलीले पर्सा स्थित गम्हरीयाचोकबाट नेत्र बहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो ।
उनको साथबाट ३२ केजी चरेस बरामद गरिएको छ ।
असोज ४ मा लागु ब्युरोले धनगढीबाट कैलाली गौरिगंगा नगरपालिका–४ राजपुर खलंगा बजारबाट बझाङ सुर्गा गाउँपालिका–४ ठगुनडाँडा बस्ने वर्ष ४४ को साहिमान पुजारा पक्राउ गरेको थियो । उनको साथबाट ४ केजी ७१० ग्राम चरेस बरामद गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असोज २०८०, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ