काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै घटेको छ । बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १४ सय रुपैयाँले घटेर १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुन प्रति तोला एक हजार ३ सय ५० रुपैयाँले घटेर १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै चाँदीको भाउ समेत आज तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ९ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको भाउ ९३ हजार ५ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार १ सय ७४ रुपैयाँ ५० पैसा कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असोज २०८०, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मुल्य साढे २ लाख नाघ्यो, कति छ आज तोलाको ?
एकै दिन ४ हजार नौ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य स्थिर, कति छ आज तोलाको ?