काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले फेरि सोही पदमा उम्मेदवारी दिने भएका छन् ।
डा. शर्माले बुधवार एक विज्ञप्ति जारी गर्दै संघको अभियान र समग्र गैरआवसीय नेपालीको हितमा हुने विश्वास लिँदै आम सहमतिको लागि मार्गप्रशस्त गर्न आगामी कार्यकालका लागि पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने निचोडमा पुगेको बताए । उनले यसअघि संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
विज्ञप्तिमा एनआरएनए जस्तो सामाजिक संस्थामा तछाड–मछाड गरेर नेतृत्व लिनु भन्दा धैर्यताका साथ आपसी समझदारी, सहकार्य र सहमतिले अगाडि बढ्नु नै उपयुक्त हुने उल्लेख छ ।
डा. शर्माले विज्ञप्तिमा प्रविधिको प्रयोग गरी संस्थाको रुपान्तरण र सबैको साझा, सवल र स्मार्ट एनआरएनए निर्माण गर्ने अभियानलाई थप सशक्त र प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । शर्माले संस्थालाई रिब्राण्डिङ गर्ने स्पष्ट मार्गचित्रसहित प्रतिनिधि समक्ष आउने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असोज २०८०, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?
एनआरएनए निर्वाचनः ५६ देशबाट ४ हजार ६५९ प्रतिनिधिको नाम दर्ता