काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले हिजोको तुलनामा सुनको मूल्य ८०० ले घटेर कारोबारमा आएको जानकारी दिएको हो ।
महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ४५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ थियो ।
सुनको मूल्य घटेसँगै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर कारोबारमा आएको हो । मूल्य घटेसँगै आज चाँदीको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आज घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
सुनको मूल्य घट्यो ,कति पुग्यो तोलाको ?
सुनको मूल्य तोलामा १ लाख ८० हजार नजिक, बन्यो नयाँ कीर्तिमान