बेइजिङ । चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन गरेका छन् । मंगलबार बिहान छोङछिङ पुगेका प्रधानमन्त्री प्रचण्डले एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन गरेका हुन् ।
छोङछिङमा प्रधानमन्त्री प्रचण्डलाई छोङछिङ महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे । सोही क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छिङछोङ महानगरपालिका सचिव युआन चियाचुनले छोङछिङ शहरमा भेटवार्ता गरेका छन् ।
गत शुक्रबार न्यूयोर्कबाट साताव्यापी भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्ड चीनमा भइरहेको १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी भए भने उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असोज २०८०, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको इतिहासमा माओवादीले जस्तो भ्रष्टाचारविरूद्धको अभियान अरूले चलाएका थिएनन् : प्रधानमन्त्री प्रचण्ड
समाजमा नकरात्मक प्रवृति बढ्यो, त्यो ओरालो यात्रा मात्र हो : प्रधानमन्त्री प्रचण्ड
शासकीय प्रणाली सुधार गर्न आयोग गठन गर्छौँ : प्रधानमन्त्री प्रचण्ड
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड
मुलुकका लागि माओवादी रुपान्तरण हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा