काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरेले राजनीतिक अस्थिरताले नागरिकमा निराशा र आक्रोश बढेको भन्दै कांग्रेसले निकास दिनुपर्ने बताएका छन् ।केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै घिमिरले मुद्दामा कांग्रेस स्पष्ट भएमात्रै राजनीतिक स्थिरतामा देश अगाडि बढ्ने बताए हुन् ।
‘हरेक नागरिकमा नकारात्मक अवधारणा छ । यसलाई सकारात्मकता तिर कसरी लाने ? मुद्दामा स्पष्टताको आवश्यकता, कतिपय अवस्थामा बोलकबोल गरेर अगाडि बढ्दा पनि हामीसँग विश्वास बढेको छैन’ घिमिरेले भने, ‘राजनीतिक अस्थिरताको कारणले निराशा र आक्रोश छ ।
संविधानकाको कारण, निर्वाचन प्रणालीको कारण अस्थिरता आएको छ । कांग्रेसले यी विषयमा स्पष्ट दृष्टिकोण राख्नुपर्छ । कांग्रेसले नै नेतृत्व गर्ने तयारीकासाथ अब अगाडि बढ्नुपर्छ ।’कांग्रेसले महासमिति बैठकबाट राजनीतिक र आर्थिक मुद्दालाई स्पष्ट पार्नुपर्ने उनी बताउँछन् ।
‘युवा वर्गमा निराशा छ । दैनिक हजारौं युवा विदेशीनु परेको छ । रोजगारीको अवस्था सिर्जना, राजस्व विस्तार, सेवा क्षेत्रलाई विस्तार गर्नेबारे हाम्रो तयारी छ ? महासमिति बैठकले स्पष्ट रुपले दिशा निर्देश गर्नुपर्छ’ उनले भने, ‘अर्थ राजनीति कस्तो हुनुपर्छ, रोजगारी कसरी बढाउने, अन्तर्राष्ट्रिय परिस्थिति अनुसार कसरी ढाल्ने, आम मतदातासँग कांग्रेस कसरी जोडिन सक्छ ? कांग्रेसले कसरी निकास दिनसक्छ ? महासमितिबाट प्रष्ट रोडम्याप ल्याउनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असोज २०८०, १३ : ३२
लेखकबाट थप