भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्युन

सफल खबर संवाददाता

आइतबार, ०७ असोज २०८०, ११ : २९
भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्युन

भारत । भारतको विदेशी मुद्रा सञ्चिति ४ महिनायताकै न्युन बिन्दुमा झरेको छ ।सेप्टेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी विनिमय सञ्चिति ८६० मिलियन अमेरिकी डलरले घटेर ५९३.०३७ अर्ब डलर पुगेको हो ।

दक्षिण एशियाली मुलुकको विदेशी सञ्चिति घटेको यो लगातार दोस्रो साता हो । सेप्टेम्बर ८ मा विदेशी मुद्रा ४ अर्ब ९९ करोड डलरले घटेर ५९३.९० अर्ब डलर पुगेको थियो । विदेशी मुद्रा सञ्चितिको वर्तमान मूल्य चार महिनाकै न्युन रहेको बताइएको छ । विश्वव्यापी घटनाक्रमका कारण सञ्चिति घटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस