काठमाडौँ । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले महासमितिको बैठक मधेस प्रदेशमा गर्न प्रस्ताव गरेका छन् । शुक्रबार जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले आगामी मंसिर १३, १४ र १५ गतेका लागि तय भएको महासमिति बैठक मधेस प्रदेशमा गर्न प्रस्ताव गरेको हुन् ।
कांग्रेस महामन्त्री गगन थापाले बिहीबारको बैठकमा आगामी मंसिरमा महासमिति बैठक काठमाडौंमा गर्ने प्रस्ताव गरेका थिए । आचार्यले भने, ‘महासमितिको यसअघिको बैठक हामी काठमाडौं बसिसक्यौं । आगामी मंसिरमा हुने बैठक मधेस प्रदेशको कुनै ठाउँमा गर्न प्रस्ताव गर्न चाहन्छु ।’
उनले महासमितिको बैठकका लागि पाँच दिनको समय निर्धारण गर्नुपर्ने पनि बताए । ‘महासमितिको बैठक ३ दिनले नपुग्ने देख्छु । नीति अधिवेशन समेत गर्नुपर्ने भएकाले ५ दिनको समय राख्नुपर्छ ,’ आचार्यले भने ।
भदौ १० गतेदेखि २४ गतका लागि तय भएको समुदायमा कांग्रेस संवाद कार्यक्रम स्थगित गरिएकोबारे उनले प्रश्न उठाएका थिए । उक्त कार्यक्रमको नयाँ मिति अबिलम्ब निर्धारण गर्न आचार्यको आग्रह छ । उनले महासमितिको बैठक लगत्तै मेची महाकाली रिले पदयात्राको कार्यक्रम तय गर्न पनि बैठकमा प्रस्ताव राखे ।
कोशी प्रदेशमा संसदीय दलको नेता फेरेर जानुपर्ने उनको प्रस्ताव थियो । पार्टीका भ्रातृ संस्थाको महाधिवेशनको मिति पार्टीले नै तोक्नुपर्ने आचार्यले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ असोज २०८०, १४ : ०४
लेखकबाट थप