तीन देशका विदेशमन्त्रीले गरे सुरक्षा परिषद् विस्तारको आह्वान

सफल खबर संवाददाता

शुक्रबार, ०५ असोज २०८०, १३ : ३५
तीन देशका विदेशमन्त्रीले गरे सुरक्षा परिषद् विस्तारको आह्वान

काठमाडौं। न्युयोर्क–ब्राजिल, जर्मनी र जापानका विदेशमन्त्रीले सुरक्षा परिषद् विस्तारको आह्वान गरेका छन् ।संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभाका सन्दर्भमा बिहीवार भएको बैठकमा उनीहरूले परिषद् विस्तारको आह्वान गर्दै एक अर्काको उम्मेदवारीलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ब्राजिलका विदेशमन्त्री माउरो भिएरा, जर्मनीका सङ्घीय विदेशमन्त्री अन्नालेना बेरबक, जापानका विदेशमन्त्री योको कामिकावा र भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम), सञ्जय वर्माले परिषद्को विस्तार र सुधारका बारेमा छलफल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस