मुलुकमा समृद्धि र सुशासनका लागि सरकार केन्द्रित बनेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, ०४ असोज २०८०, १५ : ३५
मुलुकमा समृद्धि र सुशासनका लागि सरकार केन्द्रित बनेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन, समृद्धि र सामाजिक न्यायको मूल मन्त्रलाई कार्यान्वयनका लागि सरकार केन्द्रित बनेको बताएका छन् ।प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्नका लागि पनि समृद्धि अपरिहार्य भएको बताए।

“समृद्धिका लागि सुशासन पूर्व शर्त जस्तै बन्न पुगेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “त्यसकारण सुशासन कायम गर्ने, समृद्धिको यात्रा र प्रक्रियालाई तीव्रता प्रदान गरेर फड्कोको विन्दुमा पुर्‍याउने र त्यसपछि सामाजिक न्यायसँगसँगै सुनिश्चित गर्ने भन्ने लक्ष्यसहित सुशासनलाई प्राथमिकता दिएका छौं ।

राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा र सुदृढीकरणप्रति सरकार दृढ रहेको उनले बताए । सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो तत्कालीन कार्यभारको मूल मन्त्र बनाएर अघि बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस