प्रधानमन्त्री ओलीका भाषण मसलाहरु,विषय गम्भीर तर सुन्दा हाँसो उठ्छ !

सुरेन कुँवर

शनिबार, ०२ भदौ २०७५, १४ : ५६
प्रधानमन्त्री ओलीका भाषण मसलाहरु,विषय गम्भीर तर सुन्दा हाँसो उठ्छ !

चितवन : ‘समृद्ध नेपाल ,सुखी नेपाली’ सम्पुर्ण नेपालीको चाहना । देशलाई समृद्ध र जनता सुख हुनलाई आर्थिक कान्ति हुनपर्छ । त्यसमा पनि नेपाललाई समृद्ध पार्न कृषि क्रान्तिलाई प्रथामिकतामा राखिएको छ । देशलाई समृद्धितर्फ लैजान हामीले आयत भन्दा निर्यातमा जोड दिनुपर्छ । यहि सन्दर्भमा प्रधानमन्त्री ओलीले एउटा मसला हरेक सभा दिने गरेका छन् ।

मैले लगाएको शिरको यो टोपी बनेको नेपालमा । धागो नेपालको होईन् ।
सिएको नेपालमा । सियो नेपालको होईन् ।
यसको भित्रि पनि नेपालको होईन् ,बाहिर धागो ,बाहिरो भित्रि हालेर बाहिरकै सियो सिएको ।
तपाईले लगाएको धागोको एउटा त्यन्द्रो नेपाली छैन् ।

त्यस्तै फलफुल उत्पादको विषय ओलीले यस्तो भन्ने गरेका छन् ।

त्यस्तो धेरै देशहरु छन् ,जहाँ आँप लिच्ची फल्दैन् । क्यानेडा ठुलो देश छ त्यहाँ पनि आँप फल्दैन् । 
रुस देश छ त्यहाँ पनि आँप फल्दैन् । सिंगो यूरोपमा आँप फल्दैन् ,अमेरिकाको केहि ठाँउमा फल्यो भने म जान्दिन् । यति मिठो फल प्रकृतिले हाम्रो देशमा दिएको छ । कम्तीमा धर्तीका मान्छेलाई चखाउने कर्तव्य पनि हाम्रो हो नि । एक चोटी चाख्यो भने कस्तो होला मान्छे ? उसले सिजन बुझदैन नी हाम्रो ।

त्यस्तै एक सिंगे गैडाको विषयमा यस्तो भन्ने गरेका छन् 

अमेरिकामा गैडा जन्मिन्छ ? चाईनामा गैडा जन्मिन्छ ? रुसमा गैडा जन्मिन्छ ? यो प्रकृति यस्तो हो जीव जन्तुमा हात्ती ,गैडा ,बाघ ,भालु जन्मिन्छ । यहाँ झार उम्रियो भने यार्सागुम्बा भएर ५० लाख रुपैयाँमा विक्री हुन्छ ।

प्रतिक्रिया दिनुहोस