साहित्यकार राजेन्द्र पराजुलीको निधन

सफल खबर संवाददाता

मंगलबार, २६ भदौ २०८०, १० : ३६
साहित्यकार राजेन्द्र पराजुलीको निधन

काठमाडौँ। साहित्यकार राजेन्द्र पराजुलीको निधन भएको छ । केही दिनदेखि निमोनियाबाट पीडित पराजुलीको आज बिहान बी एन्ड बी अस्पतालमा निधन भएको हो ।निमोनिया उपचारका लागि हिजो राति बी एन्ड बी हस्पिटलको इमर्जेन्सीमा भर्ना गरी उपचारका क्रममा आज बिहान ७ बजे उनको निधन भएको हो ।

उनको दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।काठमाडौँको कोटेश्वरमा जन्मेहुर्केका पराजुलीका ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘जन्तमन्तर’ र ‘कोटेश्वरको केटो’ लगायत दर्जन कृति चर्चित छन् । 

उनले राजधानी दैनिक, नेपाल समाचारपत्र, आर्थिक दैनिक, नागरिक, बाह्रखरी, देखापढी, फरक धारसहित विभिन्न टेलिभिजन र एफएममा संवाददाता तथा सम्पादक, सल्लाहकार सम्पादकका रूपमा काम गरेका छन् ।अखबार क्षेत्रमा उनले करिब २३ वर्ष विताए भने साहित्यिक पत्रकारितामा करिब ३० वर्ष बिताएका थिए ।

प्रतिक्रिया दिनुहोस