काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलले विरोध प्रदर्शन गरेको छ । तरुण दलका पूर्व अध्यक्ष समेत रहेका यादवलाई रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार खुकुरी प्रहार भएको थियो ।
उक्त घटनाको विरोधमा कांग्रेस भ्रातृ संस्था तरुण दलले काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरेको हो । तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेको छ ।
तरुण दलको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले देशभर विरोध गर्ने निर्णय गरेको थियो । आक्रमणबाट घाइते यादवको टाउको पछाडि भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन
तरुण दलको महाधिवेशन कार्यतालिका सार्वजनिक