काठमाडौँ। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-१४ चौपत्तास्थित सडकमा यूपी ५६ एएन ९६४९ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार भारत उत्तर प्रदेश घर भएकी ४५ वर्षीया मिरादेवी चौरासियाको बुधबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता हुँदै जिल्ला अस्पताल परासीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी, पर्साको वीरगंज महानगरपालिका-१६ स्थित सडकमा ना.५५ प ७२८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत घर भएका ५० वर्षीय सत्यनारायण यादवको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नारायणी अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारी बजार नजिक सडकमा बा.प्र.०२-०४३ प २८२१ नम्बरको स्कुटरको ठक्करबाट मकवानपुर रक्सीराङ गाउँपालिका-९ घर भई ईलाका प्रहरी कार्यालय कोदारीमा कार्यरत प्रहरी हवल्दार शिवन कुमार प्रजाको बुधबार राति मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोदारीबाट पैदल गस्ती गर्ने क्रममा स्कुटरले ठक्कर दिई गम्भीर घाइते भएका उनको प्राथमिक स्वस्थ्य केन्द्र बाह्रविसे हुँदै धुलिखेल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ भदौ २०८०, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु