गाउँपालिका कार्यालयभित्रै पुरुष र महिला अधिकृतबीच यौन क्रियाकलाप, बाहिरियो भिडिओ

सफल खबर संवाददाता

बुधबार, २० भदौ २०८०, १० : १९
गाउँपालिका कार्यालयभित्रै पुरुष र महिला अधिकृतबीच यौन क्रियाकलाप, बाहिरियो भिडिओ

काठमाडौ । इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (पुरुष) र लेखा अधिकृत (युवती) बीच कार्यकक्षमै भएको अनैतिक क्रियाकलापको भिडिओ बाहिरिएको छ। 

प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी) ले कार्यकक्षमै अनैतिक यौन क्रियाकलाप गरेको भिडिओ सामाजिक सञ्जालमा यतिबेला भाइरल बनेको छ। 

कार्यालयमै जडित सीसीटीभी क्यामेरामा उनीहरूले कार्यकक्षमै गरेको अनैतिक क्रियाकलापको भिडिओ कैद भएको हो। सोही भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

भिडिओ असार तेस्रो सातातिरकै भएको गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले बताए। उनीहरु बीचको अनैतिक क्रियाकलापको भिडिओ आफूले पनि सामाजिक सञ्जालमा हेरेको उनले बताए। प्रमुख प्रशासकीय अधिकृत राई विवाहित हुन भने कर्मचारी युवती अविवाहित हुन्। 

सार्वजनिक भएको भिडिओमा प्रशासकीय अधिकृत राई पहिलेदेखि नै लेखा अधिकृत (महिला कर्मचारी)को कार्यकक्षमा बसिरहेका हुन्छन्। महिला कर्मचारी बाहिरबाट आफ्नो कार्यकक्षमा प्रवेश गर्दा राईसँग टासिँदै गएर आफ्नो कुर्सीमा बस्छिन्। 

त्यसपछि राईले महिला कर्मचारीको संवेदनशील अंगमा छुने, गालामा सुम्सुम्याउने क्रियाकलाप गर्छन्। त्यसपछि दुबैले एकअर्कालाई चुम्बन गर्ने लगायतका गतिविधि गरेको भिडिओमा देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस