पूर्वयुवराज पारश शाह अस्पतालबाट डिस्चार्ज

सफल खबर संवाददाता

शनिबार, १६ भदौ २०८०, १६ : ०२
पूर्वयुवराज पारश शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौं । पूर्व युवराज पारस शाह डिस्चार्ज भएका छन्। मुटुसम्बन्धी समस्याका कारण मन्डिखाटार, काठमाडौंस्थित ह्याम्स अस्पताल भर्ना भएका शाह आज डिस्चार्ज भएका हुन । 

मुटु अचानक दुखे पछि शुक्रवार साँझ उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । पारसको अवस्था सामान्य भएपछि चिकित्सकहरुको सल्लाह अनुसार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । 

मुटु सबन्धी समस्या परेका पुर्व युवराज शाहको स्वास्थ्य स्थीतिका बारेमा थप बिवरण सार्बजनिक गरिएको छैन् । 

प्रतिक्रिया दिनुहोस