सञ्चालनमा आयो पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक

हिरालाल आचार्य ‘डायमण्ड’

विहीबार, ३१ साउन २०७५, १३ : ४९
सञ्चालनमा आयो पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक

चितवन । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।
आज बिहान १०ः२५ बजे बाट अवरुद्ध सडक पहिरो पन्छाएपछि दिउसो १२ः४५ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । तर, दुई घण्टासम्म गाडी रोकिँदा केही चाप रहेको छ । वर्षायाम सुरु भएसँगै यो सडकमा पहिरोको कारण  यात्रुहरु सास्ती खप्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस