सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०८०, १५ : १३
सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताएका छन। बिहीबार नेपाल पर्वतारोहण संघको ३३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताएका हुन । उनले जुन प्रवृत्ति र तागतका विरुद्ध सुशासनको अभियान सुरु गरिएको हो सोही प्रवृत्ति र तागतहरु संगठित भएर सरकारको अभियान असफल गर्न लागेका बताए ।

मन्त्री श्रेष्ठले सरकारले सुशासनको अभियानबाट विश्राम नलिने स्पष्ट पारे । उनले यस अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध नेपाल बनाइ छाड्ने बताए । मन्त्री श्रेष्ठले देशलाई समृद्ध बनाउनका लागि राष्ट्रिय मुद्दाहरुमा सबै राजनीतिक पार्टीहरुले सहमति कायम गर्नुपर्ने बताए ।

गृहमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई देशको विकासको आधार मानेर अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले ध्यान पुर्‍याउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस