महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरू चीन जाने

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०८०, १३ : ०९
महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरू चीन जाने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमणअघि एमालेका नेताहरू चीन भ्रमणमा जाने भएका छन् । महासचिव शंकर पोखरेल नेतृत्वको टोली आइतबार चीन प्रस्थान गर्न लागेको हो । भ्रमणको मिति तय भएपनि अहिलेसम्म कति जना जाने भन्ने टुंगो लागिनसकेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनले भने, ‘महासचिवको नेतृत्वमा जान्छौं । त्यसमा विदेश र प्रचार विभाग प्रमुख जाने निश्चित छ । अरुको नाम टुंगिएको छैन ।’ यस्तै, विदेश विभाग प्रमुख राजन भट्टलाईले पनि भ्रमण टोलीको नाम नटुंगिएको बताए ।

उनले भने, ‘सीपीसीको निमन्त्रणामा भ्रमणमा जान लागेका हौं । कति सदस्यीय टोली जाने भन्ने अहिलेसम्म टुंगिएको छैन । भोलिसम्म हामी टुंग्याउँछौं ।’ पार्टी नेतादेखि भातृ संगठनका प्रतिनिधि भ्रमण टोलीमा रहने बताइएको छ । आइतबार चीन प्रस्थान गरेका एमालेका नेताहरू दुई साता उतै रहनेछन् ।

प्रतिक्रिया दिनुहोस