६० किलो सुन प्रकरण : दावालाई सहयोग गरेको आरोपमा भारतबाट एक जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०८०, १५ : ४८
६० किलो सुन प्रकरण : दावालाई सहयोग गरेको आरोपमा भारतबाट एक जना पक्राउ

काठमाडौं। ६० किलो सुन प्रकरणमा भारतबाट एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौंका किशोर बस्नेत रहेका छन् ।उनलाई सीआईबीको टोलीले इनटरपोलको सहयोगमा भारतबाट पक्राउ गरेको हो ।

 

सुन तस्करीको आरोपमा पक्राउ परेका दावा छिरिङलाई नेपालमा सहयोग गरेको र सुन प्रकरणमा समेत संलग्नता रहेको आराेपमा उनलाई पक्राउ गरिएको हो।राजस्व अनुसन्धान विभागले साउन २ गते १५० केजी सुनसहित मोटरसाइकलको ब्रेक सू बरामद गरेको थियो । त्यसलाई गाल्दा ६० केजी सुन भएको थियो । 

प्रतिक्रिया दिनुहोस