काठमाडौं। ६० केजी सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)की निर्देशक एआईजी किरण बज्राचार्यको नेतृत्वमा अनुसन्धान टोली परिचालित हुने भएको छ ।सुन प्रकरणको गाम्भीर्यतालाई मध्येनजर गरेर थप अनुसन्धान गर्न आवश्यक भएकाले एआईजीको नेतृत्वमा समिति गठन गरिएको आईजीपी वसन्तबहादुर कुँवरले बताए ।
‘पहिलाको टिमलाई थप सहयोग आवश्यक महसुस भएकाले समिति गठन भएको हो,’ आईजीपी कुँवरले भने ।सीआईबीका एसपी सञ्जयसिंह थापाको नेतृत्वलाई थप सहयोगका लागि एआईजीको नेतृत्वमा त्यही टिमलाई थप बलियो बनाइएको प्रहरीले जनाएको छ ।
अन्तर्देशीय सम्बन्ध देखिएकाले त्यसलाई थप बलियो बनाउन विशेष ब्यूरोका डीआईजी रामदत्त जोशी र एसपी कृष्ण कोइरालालाई पनि अनुसन्धान टोलीमा समावेश गरिएको छ ।एसपी कोइरालालाई अपराध अनुसन्धानमा राम्रो दखल भएकाले उनलाई धनकुटाबाट बोलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सीआईबीले पछिल्लो समयमा उपत्यकाका दर्जनभन्दा धेरै गोदामहरूमा छापा मारेको छ ।
राजश्व अनुसन्धान विभागले असार २ गते भन्सार हुँदै कार्गाेबाट बाहिर जान लागेको मोटरसाइकल र स्कूटरको 'ब्रेक सू'मा लुकाएर ल्याएको सुन बरामद गरेको थियो ।विभागले १७ जनालाई पक्राउ गरेर सीआईबीलाई थप अनुसन्धानका लागि बुझाएको थियो । सीआईबीले थप ९ जना चिनियाँ र उनीहरूका प्रेमिकालाई पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ भदौ २०८०, १२ : ३५
लेखकबाट थप