काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-८ सभागृह चोकस्थित सडकमा ग.२२ प ७९५१ नम्बरको स्कुटरलाई बागमती प्रदेश ०३-००१- क ००२१३ नम्बरको ट्रकले सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक तनहुँ घर भएकी २० वर्षीया वर्षा कुमालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यता बाराको कलैया उपमहानगरपालिका-१८ स्थित सडकमा प्र.२-०३-००७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक प्रसौनी गाउँपालिका-१ बस्ने ३२ वर्षीय रबी गुप्ताको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल प्रसौनी हुँदै थप उपचारको लागि एनएमसी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस्तै मोरङको उर्लाबारी नगरपालिका-४ स्थित सडकमा प्र.१-०२-०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई प्र.३-००१ क ००९५ नम्बरको टिपरले मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी तिरहुत गाउँपालिका-५ बस्ने २८ वर्षीय निरज यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ भदौ २०८०, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु