भेटिएनन् ब्यारेकबाटै बेपत्ता नेपाली सेनाका यी गुल्मपति

सफल खबर संवाददाता

मंगलबार, १२ भदौ २०८०, १० : ४७
भेटिएनन् ब्यारेकबाटै बेपत्ता नेपाली सेनाका यी गुल्मपति

काठमाडौ । आइतबारदेखि सम्पर्कविहीन डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपति विमल पण्डित अझै भेटिएका छैनन्। 

मंगलबार बिहानसम्म उनी नभेटिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। उनकाअनुसार दुनैबाट पण्डितले त्रिपुराकोटका लागि गाडी रिजर्भ गरेको खुलेको छ। 

त्यसपछि भने उनको मोबाइल सम्पर्क टुटेको उनले बताए।पण्डितको खोजी जारी छ। सेनानी पण्डित आइतबार अपराह्न इभिइनिङ वाकमा जाने भन्दै ब्यारेकबाट निस्किएका थिए। 

उनले आफ्ना सुरक्षा गार्डलाई आफूसँग बीचबाटै फर्काइदिएका थिए। त्यसपछि उनले त्रिपुराकोटसम्मका लागि गाडी रिजर्भ गरेका थिए। 

उनको खोजीमा नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरी बलको टोली खटिएको छ।