काठमाडौं । प्रहरीले बूढानीलकण्ठ–४, पासिकोटबाट एउटा ९ एमएम पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं–७ घर भएका २८ वर्षीय सुलभ भनिने सुरज श्रेष्ठ छन्। उनी गुण्डागर्दी र लागूऔषध कारोबारमा संलग्न रहेको प्रहरीको भनाइ छ।
श्रेष्ठले पहिले रामेछाप घर भएर बौद्ध बस्ने चुस्पे भनिने सानुभाइ लामालाई धारिलो हतियार प्रहार गरेका थिए। त्यस प्रकरणमा ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएर उनी ५ वर्ष कैद भुक्तान गरेर २०७१ सालमा छुटेकमा थिए।
अहिले फेरि उनी हतियारसहित पक्राउ परेका हुन्। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० भदौ २०८०, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ