काठमाडौं। काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा किसानका फर्मबाट बंगुर उठाएर पैसा नतिरेको आरोपमा एक जना पक्राउ परेका छन् । नमोबुद्ध नगरपालिका ३ काभ्रेका पेमाध्वज लामालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो ।
किसानसँग बंगुर किनेर ठगी गर्दै आएका लामालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।‘निजले बंगुर फार्ममा गइ बंगुर गाडीमा राखेर पठाएपछि बैंक र एटीएममा गइ पैसा दिन्छु भन्दै ठगी गर्ने र फरार हुने देखियो’ एसएसपी खत्रीले भने ।
लामाले अन्य स्थानमा समेत ठगी गरेको हुन सक्ने प्रहरीको शंका छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० भदौ २०८०, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ