नेपाली काङ्ग्रेस कसैको इसारामा चल्ने पार्टी होइन : केन्द्रिय सदस्य भट्टराई

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०८०, ११ : १८
नेपाली काङ्ग्रेस कसैको इसारामा चल्ने पार्टी होइन : केन्द्रिय सदस्य भट्टराई

चितवन । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईले काङ्ग्रेस कसैको इसारामा नचल्ने बताएका छन । नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्र न २ ख चितवनले शनिबार भरतपुरमा आयोजना गरेको प्रदेश सभा सम्मेलन लाई सम्बोधन गर्दै भट्टराईले काङ्ग्रेसको अगाडि अब कुनै पनि दलको तागतले काम नगर्ने प्रष्ट पारे। नेपाली काङ्ग्रेस पहरो हो, पहरोसग कसैले कुहिनो ठोक्न गयो भने उ आफै घाइते भएर अस्पताल भर्ना हुनु पर्छ भट्टराईले भन्नू भयो हाम्रो पार्टी सग पनि जोरि खोज्नेहरुको हाल्त त्यस्तै हुन्छ । 

सम्मेलनमा बोल्दै नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले नेपाली काङ्ग्रेसको राजनीति अब नयाँ शिराबाट अगाडि बढने बताए । काङ्ग्रेस अब नयाँ शिराबाट राजनीति सगै सामाजिक काम गर्न चाहन्छ खनालले भन्नू भयो,अबको हाम्रो राजनीति समाज केन्द्रित हुनेछ । 

त्यस्तै भरतपुर महानगर सभापति चित्रसेन अधिकारीले काङ्ग्रेस अब आफ्ना कमिकमजोरीहरुलाइ सुधारेर जान आबश्यक रहेको टिप्पणी गरे । हाम्रा बिचमा थुप्रै कमिकमजोरिहरु छन,बेलैमा ती कमिकमजोरिहरुलाइ सच्याएर अगाडि बढन सकिएन भने त्यसले कालन्तरमा ठुलो दुर्घटना निम्त्याउन सक्ने तर्क राख्नु भयो । 

सम्मेलनमा सचिबको प्रतिबेदन कृष्ण बिलास अधिकारी र कोषाध्यक्षको प्रतिबेदन राज कुमार रावतले प्रस्तुत गरेका थिए । सम्मेलनमा नेपाली काङ्ग्रेस चितवनका निबर्तमान सभापति जितनारायण श्रेष्ठ,भरतपुर २ का वडा सभापति  मनोज रानाभाट,७ का सभापति बिनोद बाबू ढकाल,१२ का सभापति चित्र बहादुर भण्डारी लगाएतले मन्तव्य राखेका थिए ।

नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्र न २ ख का सभापति रोशन शाही ठकुरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन सचिब रबिभद्र शर्मा खनालले गर्नु भएको थियोे । नेपाली काङ्ग्रेसले वडा, पालिका हुँदै क्षेत्रको सम्मेलनहरु गरिरहेको छ भने भदौ २३ र २४ गते जिल्ला सम्मेलन गर्ने तयारी गरेको छ । भदौ २७ गते नेपाल महिला सघ जिल्ला कार्यसमिति चितवनले महिलाहरुलाइ लक्ष्यित गर्दै तिज बिशेष कार्यक्रम गर्दैछ । 
 

प्रतिक्रिया दिनुहोस