काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीरगञ्जमा मोर्चा घोषणा गर्नुको विशेष अर्थ रहेको बताएका छन् । शुक्रबार पर्साको वीरगञ्जमा आयोजित प्रदेशस्तरीय मोर्चा घोषणा कार्यक्रममा बोल्दै विशिष्ठ भूमिका र रणनीतिक महत्व भएकाले मधेशबाट घोषणा कार्यक्रम सुरू गरेको उनले दाबी गरेका हुन् ।
‘वीरगञ्जको छुट्टै भूमिका र रणनैतिक अर्थ छ । यहाँको सन्देश सातै प्रदेशमा प्रभावित हुन्छ । यसले काठमाडौँलाई पनि राम्रो सन्देश दिन्छ । समाजवादी मोर्चाले आफ्नो कार्यक्रम मधेशबाट गर्यौं’, प्रचण्डले भने, ‘नेपालको आर्थिक र औद्योगिक द्ववार रूपमा परिचित वीरगञ्जलाई नै रोज्नुकोे विशिष्ट अर्थ छ । यसका केही व्यवहारिक पाटो पनि हेर्यौं । जसपाका अध्यक्ष उपेन्द्र यादवको केही कार्यक्रमलाई तालमेल गर्न पनि मधेशबाट मोर्चा घोषणा अभियान सुरू गर्यौं ।’
चारवटै दलका नताहरू बराबरी हैसियतमा मोर्चामा रहेको भन्दै उनले समान तरिकाले मोर्चालाई अगाडि बढाउने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ भदौ २०८०, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड