तमोर नदीमा जलसतह खतरा तह पार, तटीय क्षेत्रमा साँझसम्म सतर्कता अपनाउन आग्रह

सफल खबर संवाददाता

शुक्रबार, ०८ भदौ २०८०, ११ : ५९
तमोर नदीमा जलसतह खतरा तह पार, तटीय क्षेत्रमा साँझसम्म सतर्कता अपनाउन आग्रह

काठमाडौं। तमोर नदीको जलसहतले खतरा तह पार गरेको छ । तमोरको त्रिबेनि जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार जलसहत बढ्दो क्रममा छ । 

धनकुटाको तटीय क्षेत्रलगायत डुबान भइरहने होचा स्थानमा बेलुका ५ बजेसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।यस्तै कमला नदीको बेलसोत उदयपुर जलमापन केन्द्रमा जलसतह खतरा तहभन्दा केही तल रहेको छ । जलसतह बढ्दो क्रममा रहेको विभागले जनाएको छ ।

धनुषा र सिराहाको तटीय क्षेत्रलगायत डुबान भइरहने होचा स्थानमा बेलुका ५ बजेसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस