सुनको मूल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

सफल खबर संवाददाता

शुक्रबार, ०८ भदौ २०८०, ११ : ०७
सुनको मूल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा करोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस