सुन तस्करी प्रकरण: दावासँगको कनेक्सन लीक भएपछि अध्यागमनका महानिर्देशक मन्त्रालय तानिए

सफल खबर संवाददाता

विहीबार, ०७ भदौ २०८०, १४ : ०९
सुन तस्करी प्रकरण: दावासँगको कनेक्सन लीक भएपछि अध्यागमनका महानिर्देशक मन्त्रालय तानिए

काठमाडौं। अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी मन्त्रालय तानिएका छन् ।गृह मन्त्रालयले अधिकारीलाई अतिरिक्तमा राख्नेगरी बिहीवार मन्त्रालयमा तानेको हो।‘सुन तस्करसँग च्याटमा कुरा गरेको सन्दर्भमा मिडियामा आएका समाचारको आधारमा उहाँलाई अतिरिक्त समूहमा रहने गरी मन्त्रालय तानिएको हो’ गृह उच्च स्रोतले भन्यो ।

अध्यागमनका एक कर्मचारीले पनि महानिर्देशक अधिकारी मन्त्रालय तानिएको लोकान्तरलाई जानकारी दिए ।‘मन्त्रालय तानिएपछि उहाँ आज कार्यालय आउनुभएको छैन,’ ती कर्मचारीले भने ।महानिर्देशक अधिकारी र सुन तस्करीको आरोपमा पक्राउ परेका दावा छिरिङबीच 'वी च्याट'मा कुराकानी भएका 'स्क्रिन शट' समेत मिडियामा आएका थिए ।

प्रतिक्रिया दिनुहोस