लक्की फिल्मी अवार्डको तयारी तीव्र

सफल खबर संवाददाता

विहीबार, ०७ भदौ २०८०, १४ : ०३
लक्की फिल्मी अवार्डको तयारी तीव्र

चितवन । लक्की फिल्मी अवार्डको तयारी तीव्र बनेको छ । लक्की मिडिया हाउसले असोज पहिलो साता हुने अवार्ड कार्यक्रमका लागि कलाकारसँग अन्तर्क्रिया, भेटघाटका गतिविधि हुँदै आएका छन् ।

दुई दर्जन कलाकारलाई विभिन्न विधामा अवार्ड दिने तयारी भइरहेको छ । अवार्ड वितरण कार्यक्रममा समाजमा उत्कृष्ट  प्रशंसनीय काम गरेका व्यक्तिलाई समेत सम्मान गरिने लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले बताए । मोफसलमा रहेर पनि सक्रिय पत्रकारिता गरेका पत्रकार, स्वास्थ क्षेत्रमा योगदान पुर्‍याएका चिकित्सक, शिक्षा क्षेत्रमा योगदान गरेका शिक्षकलाई पनि सम्मान गरिने बताए ।

यस्तै चितवनको खेल जगतमा योगदान गरेका खेलाडी, उद्यमशिलता-रोजगारी प्रवर्द्धन गर्न योगदान गरेका व्यवसायीलाई सम्मान गरिनेछ । कार्कीले सिने क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण  बनाउन गुणस्तरीय सिनेमा निर्माणका लागि अवार्ड कार्यक्रमले सघाउने बताए । कलाकारको योगदानको कदर गर्नेुपर्नेमा जोड दिए ।

अवार्ड वितरणका लागि नोमिनेसनको काम हुन थालेको छ। अवार्ड छनौटका लागि जूरी टिमले कार्यविधि बनाएर काम गर्न थालेको बताए । हल सञ्चालक सम्मान ,  चलचित्र बितरक सम्मान, समाजसेवी सम्मान जस्ता कार्यक्रमहरु पनि हुने बताए ।२०७१ सालमा स्थापना भएको लक्की मिडिया हाउसले चितवनबाट सिनेमा बजारको प्रचार, प्रर्वद्धनका काम तथा इभेन्टसहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस