एजेन्सी। वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले आफ्नो मृत्यु पत्रमा आफैँले हस्ताक्षर गरेको युक्रेनले बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोलेकले एक्स (ट्विटर) मा यसबारे एउटा पोस्ट लेखेका छन् ।
उनी भन्छन्, ‘युद्धको कुहिरो हट्न पर्खनु पर्छ, तर यो स्पष्ट छ कि प्रिगोजिनले त्यति नै बेला आफ्नो विशेष मृत्यु पत्रमा हस्ताक्षर गरिदिएका थिए जब उनले लुकासेन्कोको विचित्र ‘प्रत्यायभूति’ र पुटिनको सम्मानले भरिएको शब्दमाथि विश्वास गरे ।’
मिखाइलो पोदोलेक लेख्छन्, ‘सैन्य कूको कोसिसको दुई महिनापछि प्रिगोजिन र वाग्नर नदेखिनु सन् २०२४ को चुनावभन्दा अघि रुसका अभिजात वर्गलाई पुटिनले दिएको सङ्केत हो । सावधान ! बफादारी नदेखाउनु मृत्यु बराबर हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन
युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार
युक्रेनमा रुसको भीषण हमला
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु