मनकामना स्मार्ट लघुवित्त समता घरेलुमा गाभिने

सफल खबर संवाददाता

विहीबार, ०७ भदौ २०८०, ११ : ४४
मनकामना स्मार्ट लघुवित्त समता घरेलुमा गाभिने

काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था समता घरेलु लघुवित्तमा गाभिने भएको छ ।काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्तले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको हो ।

 

बिहीबार यी दुई संस्थाबीच गाभ्ने÷गाभिने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।