नेपालमा संघीय, लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतको महत्वपूर्ण योगदान : सभामुख महरा

मंगलबार, २९ साउन २०७५, १८ : ४५
नेपालमा संघीय, लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतको महत्वपूर्ण योगदान : सभामुख महरा

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतले महत्वपूर्ण योगदान दिएको बताउनु भएको छ । सभामुख महराले भारतको समृद्धिबाट सिकेर नेपालले अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले दुई मुलुकबीचको सम्बन्धलाई अझै सुदृढ बनाउन लाग्नुपर्नेमा पनि जोड दिनु भयो ।

मित्र राष्ट्र भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख महराले नेपाल र भारतीय जनताबीचको सम्बन्धलाई अझै आत्मीय बनाउनुपर्ने आवश्यता पनि औंल्याउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परिवर्तित सन्दर्भ अनुसार नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको नदीनाला दुवै मुलुकको हितमा उपयोग गर्न सकिने धारणा पनि राख्नुभयो । नेता सिटौलाले दुवै मुलुकको वृहत्तर हित हुने गरी सम्बन्धलाई अझै गाढा बनाउन सरकारलाई पनि सुझाव दिनुभयो ।
नेता सिटौलाले भारतको स्वतन्त्रता आन्दोलनमा जननायक विपी कोइराला लगायतका नेताहरुले दिएको योगदानको पनि स्मरण गराउनु भयो । उहाँले नेपाली जनताले भारतबाट सहयोगको धेरै अपेक्षा गरेको उल्लेख गर्दै त्यसमा ध्यान दिन पनि दुवै मुलुक सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस