हुम्लामा हेलिकोप्टरको पंखाले लागेर एक भारतीयको मृत्यु

मंगलबार, २९ साउन २०७५, १८ : १८
हुम्लामा हेलिकोप्टरको पंखाले लागेर  एक  भारतीयको मृत्यु

हुम्ला । हुम्लाको हिल्सामा मनाङ एयरको ‘मनाङ ९ एनएएमडी’ हेलिकोप्टरको पंखाले लागेर आज एक जना भारतीयको मृत्यु भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नवीन्द्रकुमार कात्तिक नेहटाको मृत्यु भएको जानकारी दिनुभयो ।

हेलिकोप्टर सिमकोटबाट हिल्सातर्फ उडेको थियो । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ । नेहटाको शव बुधबार हिल्साबाट सदरमुकाम सिमकोट ल्याइने बताइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस