काठमाडौँ । राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तापक्षकै कारण संसद् बैठक अझै खुल्ने सुनिश्चित नभएको बताएका छन् ।नेता दाहालले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउने विषय सत्तापक्षकै कारण अझै निर्णयमा पुगिनसकेकाले संसद् बैठक सुचारु हुने कुरा सुनिश्चित नभएको जिकिर गरे ।
मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रतिपक्षलाई सत्तोसराप गर्ने काम नगर्न पनि सरकार र सत्तापक्षलाई आग्रह गरे । समयमा आफ्नो काम नगर्ने तर प्रतिपक्षलाई सराप्ने काम सत्तापक्षले गर्न नहुने नेता दाहालको भनाई थियो ।
नेता दाहालले सरकारले समयमै ध्यान नदिँदा राष्ट्रिय महत्वका हरेक सवालहरु ओझेलमा पर्ने गरेको बताए । बाढी, पहिरोलगायतका पीडितलाई समेत सरकारले समयमै राहत दिन नसकेकोमा उनको आपत्ति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ भदौ २०८०, १६ : ३०
लेखकबाट थप