सडकमा भेटिएको बम सेनाद्वारा निस्क्रिय (फोटोफिचर)

सुरेन कुँवर

मंगलबार, २९ साउन २०७५, ११ : ४९
सडकमा भेटिएको बम सेनाद्वारा निस्क्रिय (फोटोफिचर)

चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुरको रिजालचोकमा आज मंगलबार बिहान सडकमा भेटिएको बम सेनाले निस्क्रिय पारेको छ । बिहान पौने दस बजेतिर सडकमा देखिएको बमलाई साढे ११ बजेतिर नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको हो ।

बममा दुई वटा थर्मसलाई कालो रंगको टेपले जोडेर बीचबाट तार निकालिएको थियो । सडकमा भेटिएको शंकास्पद बस्तु बम हो कि होइन भनेर निक्र्यौल गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना घटनास्थलमा पुगेको थियो । शंकास्पद बस्तु बम नै भएको निश्चित भएपछि त्यसलाई सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको छ । सडकमा यातायात सञ्चालनमा रोक लगाएर बम निस्क्रिय पारिएको थियो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डसहित तीन जनालाई प्रहरीले अघिल्लो साता पक्राउ गरेको थियो । आफ्नो नेता तथा कार्यकर्ताको रिहाईको माग गर्दै विप्लव नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्द आह्वान गरेको छ । विप्लवका कार्यकर्ताले राजमार्गमा यातायात अवरोध पु¥याउने उद्देश्यले बम राखेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस