काठमाडौँ । साताको पहिलो कारोबार दिन नै नेप्से सूचक २२ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक २१.९९ अंकले घट्दै २ हजार ११.१४ अंकको विन्दुमा झरेको हो । उसो त आज कारोबार रकम समेत घटेर १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको ४४ लाख ५९ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । हाइड्रोपावर समूहको उपसूचक २.३४ प्रतिशतले घट्न पुगेको छ भने अन्य समूहको उपसूचक २ प्रतिशत कमले घटेका छन् ।
आज फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ४.५७ प्रतिशतले कमाएका छन् भने कृषि विकास बैंकका डिभेन्चर लगानीकर्ताहरुले १० प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ भदौ २०८०, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि