काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सांसद सुनिल शर्माले संसद्मा बोल्ने क्रममा प्रयोग गरेको शब्द असंसदीय नरहेको बताएको छ । आज (आईतबार) प्रतिनिधि सभाका सभामुखले बोलाएको दलका प्रमुख सचेतक र सचेतहरुसँगको छलफलमा कांग्रेस सचेतक सुशिला थिङले सांसद शर्माको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन नपर्ने पक्षमा कांग्रेस रहेको बताईन् ।
गत साउन २९ गतेको प्रतिनिधि सभा बैठकमा सांसद शर्माले सरकारले आतंककारीहरुको नेतृत्व गर्दै हुनुहुन्छ की, डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ, भन्ने प्रश्न गरेका थिए । उक्त अभिव्यक्ति असंसदीय नरहेको कांग्रेस सचेतक थिङको जिकिर छ । सांसद शर्माले प्रयोग गरेको उक्त शब्द असंसदीय नरहेको एमालेको प्रतिक्रिया रहेको समेत सचेतक थिङले बताईन् ।
‘संसद्लाई यसरी बन्धक बनाइरहनु हुँदैन भन्नुभयो। यो सरकारले आतंककारीहरुको नेतृत्व गर्दै हुनुहुन्छ की, डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ, भन्ने उहाँ (शर्मा) को प्रश्न रहेछ। त्यसैले त्यो कुरा संसदीय मर्यादाभित्र रहेर बोल्नुभएको जस्तो लाग्यो, नेपाली काँग्रेसको सचेतक भएकाले हटाउनुपर्छ भन्ने पक्षमा छैंन,’– उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ भदौ २०८०, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?