काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सांसद सुनिल शर्माले संसद्मा बोल्ने क्रममा प्रयोग गरेको शब्द असंसदीय नरहेको बताएको छ । आज (आईतबार) प्रतिनिधि सभाका सभामुखले बोलाएको दलका प्रमुख सचेतक र सचेतहरुसँगको छलफलमा कांग्रेस सचेतक सुशिला थिङले सांसद शर्माको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन नपर्ने पक्षमा कांग्रेस रहेको बताईन् ।
गत साउन २९ गतेको प्रतिनिधि सभा बैठकमा सांसद शर्माले सरकारले आतंककारीहरुको नेतृत्व गर्दै हुनुहुन्छ की, डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ, भन्ने प्रश्न गरेका थिए । उक्त अभिव्यक्ति असंसदीय नरहेको कांग्रेस सचेतक थिङको जिकिर छ । सांसद शर्माले प्रयोग गरेको उक्त शब्द असंसदीय नरहेको एमालेको प्रतिक्रिया रहेको समेत सचेतक थिङले बताईन् ।
‘संसद्लाई यसरी बन्धक बनाइरहनु हुँदैन भन्नुभयो। यो सरकारले आतंककारीहरुको नेतृत्व गर्दै हुनुहुन्छ की, डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ, भन्ने उहाँ (शर्मा) को प्रश्न रहेछ। त्यसैले त्यो कुरा संसदीय मर्यादाभित्र रहेर बोल्नुभएको जस्तो लाग्यो, नेपाली काँग्रेसको सचेतक भएकाले हटाउनुपर्छ भन्ने पक्षमा छैंन,’– उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ भदौ २०८०, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक