कैलाली । कैलालीमा अवैध लागु औषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट अवैध लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २४ मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ बस्ने २६ वर्षीया सिता चौधरी, धनगढी उपमहानगरपालिका- ४ तारानगर डेरा गरी बस्ने ३४ वर्षीय गणेश बहादुर डाँगी र उनकै श्रीमती ३० वर्षीया खेमा डाँगी रहेका छन् ।
प्रहरी चौकी कैलालीगाउँ र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । चौधरीलाई शुक्रबार राति पक्राउ गरिएको हो भने डाँगी दम्पतीलाई थप अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ भदौ २०८०, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ
सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
श्रीमतीको हत्यापछि भागेका व्यक्ति पक्राउ