कैलाली । कैलालीमा अवैध लागु औषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट अवैध लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २४ मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ बस्ने २६ वर्षीया सिता चौधरी, धनगढी उपमहानगरपालिका- ४ तारानगर डेरा गरी बस्ने ३४ वर्षीय गणेश बहादुर डाँगी र उनकै श्रीमती ३० वर्षीया खेमा डाँगी रहेका छन् ।
प्रहरी चौकी कैलालीगाउँ र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । चौधरीलाई शुक्रबार राति पक्राउ गरिएको हो भने डाँगी दम्पतीलाई थप अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ भदौ २०८०, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ