जिल्ला प्रहरी परिसर काठमाडौँमा साउनमा १ हजार २७५ मुद्दा दर्ता, ७६० पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०१ भदौ २०८०, १५ : ५१
जिल्ला प्रहरी परिसर काठमाडौँमा साउनमा १ हजार २७५ मुद्दा दर्ता, ७६० पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले गत आर्थिक वर्षको साउन महिनाभन्दा चालु आर्थिक वर्षको साउन महिनामा आपराधिक घटनामा वृद्धि भएको बताएको छ ।  शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ साउन महिनाको कार्य सम्पादनको तुलनात्मक प्रस्तुतिका लागि आयोजना गरेको पत्रकार सम्मेलन तथा मासिक समीक्षा कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौँमा साउन महिनामा २ हजार ६५१ जना मानिसहरु सम्पर्कमा आएको बताएको छ । त्यस्तै २ हजार २८२ जनाले टेलिफोन सेवा लिएको, सिसिटिभी जडानमा कालीमाटीको क्षेत्रमा सोल्टी होटलको सहयोगमा १८ वटा जडान गरिएको, हिरासतमा पुस्तकालय राख्ने सम्बन्धमा प्रहरी वृत्त बालाजु, बौद्ध, लैनचौर, सिंहदरबार र कालीमाटीको हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरिएको बताएको छ । 

२०७९/०८० साउन र २०८०/०८१ साउनको महिनाको अपराधको कसुरमा बैंकिङ कसुर मुद्दामा २०७९/०८० साउनमा ५१६ मुद्दा दर्ता भएको जसमा ८१ जना पक्राउ परेकोमा। २०८०/०८१ मा मुद्दा दर्ता संख्या ५६० रहेकोमा पक्राउ संख्या २१२ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले बताए। उनले अघिल्लो आर्थिक वर्ष साउनको तुलनामा ४४ वटा मुद्दा दर्ता संख्या बढेको र पक्राउ पर्नेको संख्या पनि बढेको बताए । 

एसपी ढुंगेलले अभद्र व्यवहारमा मुद्दा दर्ता २३८ भएकोमा पक्राउ पर्नेको संख्या ३६९ र २०८०/०८१ को साउन महिनामा २७९ मुद्दा दर्ता भएकोमा ४३४ जना पक्राउ परेको बताए । त्यस्तै चोरी सम्बन्धी कसुरमा चालु आर्थिक वर्षको साउनमा ५५ मुद्दा दर्ता भएकोमा ८२ जना पक्राउ परेका छन् । ठगी सम्बन्धी मुद्दामा चालु आर्थिक वर्षको साउनमा ३५ मुद्दा दर्ता भएकोमा १२ जना पक्राउ परेका छन् । लागु औषध मुद्दामा गत आर्थिक वर्षमा ३० मुद्दा दर्ता भएकोमा ३८ जना पक्राउ गरेको र चालु आर्थिक वर्षको साउनमा ३१ मुद्दा दर्तामा ५१ जना पक्राउ परेको बताए । 

आत्महत्या सम्बन्धी कसुरमा गत आर्थिक वर्षको साउनमा २६ मुद्दा दर्ता हुँदा पक्राउ संख्या शून्य र चालु आर्थिक वर्षको साउनमा आत्महत्या सम्बन्धी कसुर बढेर ३७ मुद्दा दर्ता भएका छन् भने पक्राउ कोही पनि परेका छैनन् । त्यस्तै जबरजस्ती करणीमा गत आर्थिक वर्षको साउनमा २० मुद्दामा २१ जना पक्राउ र यस आर्थिक वर्षको साउनमा ३३ मुद्दा दर्तामा ३४ जना पक्राउ परेका छन् ।

त्यस्तै जुवा सम्बन्धी मुद्दा गत आर्थिक वर्षको साउनमा १५ वटा मुद्दा दर्ता भई १०१ जनालाई पक्राउ गरेकोमा चालु आर्थिक वर्षको साउनमा १७ वटा मुद्दा दर्ता भएको छ । साथै पक्राउ पर्नेहरुको संख्या ११३ छ । त्यस्तै अन्य अपराधमा गत आर्थिक वर्षको साउन महिनामा ८१ वटा मुद्दा दर्ता भएको थियो भने पक्राउ संख्या ३१ थियो । 

चालु आर्थिक वर्षको साउन महिनामा अन्य अपराधमा ११९ वटा मुद्दा दर्ता भएकोमा १७८ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षको साउन महिनामा १ हजार ४७ मुद्दा दर्ता भएकोमा ७४१ जना पक्राउ परेका थिए भने चालु आर्थिक वर्षको साउन महिनामा १ हजार २७५ मुद्दा दर्ता भएकोमा पक्राउ पर्नेहरुको संख्या ७६० जना पक्राउ परेका छन् । 

प्रतिक्रिया दिनुहोस