काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो आलोचकलाई आगामी निर्वाचनबाट जनताले जवाफ दिने बताएका छन् । इलाममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्विन्टल सुन एयरपोर्टबाट बाहिरिँदा पनि सरकारले केही गर्न नसकेको बताए ।
उनले भने, ‘यहाँ मलाई ढोका खोल्दियो भनेर पनि विवाद गरिएको छ । नेपालको एयरपोर्टमा तस्करहरूलाई क्विन्टलका क्विन्टल सुन छिराउन ढोका खोल्नेहरूको विरोध गर्नुस् । अरु ढोकाको विरोध गर्न अहिले जरुरी छैन । तीनको विरोधमा हामी उत्रिएका छौँ । एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन छिरेको छ ।’
उनले अहिले कारबाही आएका ललिता निवास, नक्कली शरणार्थी प्रकरण र सुन प्रकरणको सत्यतथ्य छानबिन गरे औँलामा गन्ने नेता मात्रै बाँकी रहने बताए । उनले इमानदारीपूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट