काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । तनहुँकाे ब्यास नगरपालिका-११ गैराबारी बस्ने २६ वर्षीय राहुल नेपालीलाई अवैध लागूऔषध गाँजा १ किलो ४ सय ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
झापाकाे झापा गाउँपालिका-४ पिचकानी टोलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ४० मिलिग्रामसहित दमक नगरपालिका-३ बस्ने २२ वर्षीय जीवन सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने २७ वर्षीय जगत नारायण कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-४ बस्ने २४ वर्षीय विकास थापालाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम २ सय ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ साउन २०८०, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ