काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । तनहुँकाे ब्यास नगरपालिका-११ गैराबारी बस्ने २६ वर्षीय राहुल नेपालीलाई अवैध लागूऔषध गाँजा १ किलो ४ सय ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
झापाकाे झापा गाउँपालिका-४ पिचकानी टोलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ४० मिलिग्रामसहित दमक नगरपालिका-३ बस्ने २२ वर्षीय जीवन सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने २७ वर्षीय जगत नारायण कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-४ बस्ने २४ वर्षीय विकास थापालाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम २ सय ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ साउन २०८०, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ
सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
श्रीमतीको हत्यापछि भागेका व्यक्ति पक्राउ