बुटवल। पश्चिम नवलपरासीमा हुलाकी सडक निर्माणको काम समय सम्पन्न नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ। जिल्लाको नारायण चोकदेखि त्रिवेणी जोड्ने सडक विस्तारको काम ठेकेदारले समयमा नसक्दा स्थानीयले सास्ती भोग्नु परेको हो ।
२०७६ सालमा झन्डै ५८ करोड ठेक्का सम्झौता भएको नारायण चोक देखि त्रिवेणी जोड्ने १६ किलोमिटर सडक थपिएको म्याद अनुसार गत मङ्सिर सम्म काम सक्नुपर्नेमा निर्माण कम्पनी बज्र गुरु महालक्ष्मी जेभिले हाल सम्म सम्पन्न गरेको छैन। म्याद थप गरेर समेत काम हुन नसकेको हो ।
अहिले वर्षातको समयमा उक्त बाटोको यात्रा निकै कष्टप्रद र जोखिमपूर्ण बनेको छ। बाटो जताततै खाडल बनेको छ । स्थानीय प्रशन्न अधिकारीले निर्माणको जिम्मा पाएको कम्पनीले काम नगर्दा बुद्ध बस्तीदेखि गोपिगन्ज हुँदै बेलाटारीसम्मको सडक खाल्डाखुल्डीले थप अस्तव्यस्त बनेको बताए ।
सवारी साधन र पैदलयात्रीको अत्यधिक चाप रहने यहाँको दक्षिणी क्षेत्र प्रतापपुर–२ मा रहेको गोपिगन्ज बजारको मुख्य सडक खाडल, पानी र हिलोले हिँडिसक्नु छैन । सडक निर्माणको अनुगमन तथा नियमन गर्ने सरोकारवाला ठेकेदार कम्पनीको प्रभावमा परि मौन बसेको स्थानीयको आरोप छ ।
यता हुलाकी सडक आयोजनाका इन्जिनियर युवराज पाण्डेले भने स्टक्चर सहित ८० प्रतिशत काम सकिएको दाबी गरे । उनले अझै १३ वटा स्ल्याब सहितका पुल कल्भर्ट बनाउन बाकी रहेको बताए । वर्षातका कारण हाललाई काम रोकिएपछि खाल्डाखुल्डीले थप समस्या उत्पन्न भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ साउन २०८०, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला