काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा नेपालले बेल्ट एन्ड रोड परियोजना (बीआरआई) अन्तर्गत अनुदानमा कुनै एउटा ठूलो परियोजनामा सहयोग गर्न सरकारले प्रस्ताव गर्ने तयारी गरेको छ । प्रधानमन्त्री दाहालले अन्य केही परियोजनाहरूमा पनि चीनलाई प्रस्ताव गर्ने जानकारी दिए ।
प्रधानमन्त्री दाहालले मङ्गलवार बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै चीन भ्रमणका क्रममा हुनसक्ने केही प्रस्तावको बारेमा जानकारी दिएका हुन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर त्यतैबाट चीन जान लागेका दाहालले चीनसँग केरुङ र किमाथांकामा क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणको आग्रह गर्ने तयारी भइरहेको जानकारी दिए । त्यस्तै किमाथांका नजिकै हुने गरी कुनै जलविद्युत् परियोजना बनाउने, कृषिमा आधारित लगानी बढाउने लगायतमा विषयमा पनि कुराकानी गर्ने तयारी भइरहेको जानकारी दिए ।
प्रधानमन्त्री दाहाल सेप्टेम्बर १६ मा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन् । उनले सेप्टेम्बर १९-२० मा अतिकम विकसित राष्ट्रहरूको बैठकको अध्यक्षता गर्नेछन् ।
सेप्टेम्बर २१ (असोज ४) मा उनी महासभामा सम्बोधन गरेपछि त्यतैबाट चीन प्रस्थान गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० साउन २०८०, १९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड