चितवनमा भदौँ ६ गते ‘एक्सपर्ट एजुकेशन फेष्ट’ हुँदै, सहभागिहरुलाई विशेष उपहार

सफल खबर संवाददाता

मंगलबार, ३० साउन २०८०, १३ : ४६
चितवनमा भदौँ ६ गते ‘एक्सपर्ट एजुकेशन फेष्ट’ हुँदै, सहभागिहरुलाई विशेष उपहार

चितवन। एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ हुने भएको छ । आउँदो भदौँ ६ गते अर्थात् अगष्ट २३(बुधबार) का दिन भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ हुन लागेको हो । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्यूजील्याण्ड जान चाहने विद्यार्थीहरुले ‘एक्सपर्ट एजुकेशन फेष्ट’मा सहभागिता जनाउन सक्ने छन् ।

एक्सपर्ट एजुकेशन फेष्ट विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने छ । ‘वान टु वान काउन्सेलिङ’का लागि विदेशबाटै कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको फेष्टमा सहभागिता रहने छ । अहिले फेष्टको तयारी तीव्र रुपमा चलिरहेको र केही विशेष बनाउन प्रयास गरिएको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीेले बताए । ‘कलेज÷विश्वविद्यालयका प्रतिनिधिको पनि केहीदिनमा टुंगो लाग्दैछ, फेष्टलाई प्रभावकारी बनाउन लागि परेका छौं’–प्रबन्ध निर्देशक अधिकारीले भने ।

उनले एकै ठाउँमा प्रत्यक्ष रुपमै आफूले पढ्न चाहने कलेज र जाने प्रक्रियाको बारे बुझ्न सकिने भएकाले विद्यार्थी तथा अभिभावकहरुलाई फेष्टमा सहभागिता जनाउन अनुरोध गरे । ‘यस फेष्टले विद्यार्थी तथा अभिभावकको कौतुहलता मेटाउन सक्छ, आफैले प्रत्यक्ष रुपमा कलेजकै प्रतिनिधिबाट जानकारी लिन सकिने भएकाले बढी प्रभावकारी हुन्छ’–प्रबन्ध निर्देशक अधिकारीले भने ।

विगतका वर्षहरुमा फेष्टमा सहभागिता जनाउने विद्यार्थीहरुलाई विभिन्न उपहारहरु दिने गरिएको थियो । यसपटक उपहारलाई पनि थप विशेष बनाएको छ । फेष्टमा सहभागि हुने विद्यार्थीहरुलाई लक्की ड्र मार्फत बम्पर उपहार स्वरुप भरतपुरको चौकीडाँडाबाट प्याराग्लाइडिङ गर्न टिकट प्रदान गरिने छ भने गैंडाकोटस्थित मौलाकालिका मन्दिर दर्शनका लागि मौलाकालि केबलकारको टिकट र सिनेमा हेर्नका लागि सिजी ल्याण्डमार्कमा रहेको सिनेप्लेक्सको टिकट उपहार स्वरुप पाउने छन् । त्यससंगै विद्यार्थीहरुलाई हातखाली नजाने अन्य विभिन्न उपहारहरु समेत प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस