एमजीले ल्यायो एक्सचेन्ज अफर

सफल खबर संवाददाता

मंगलबार, ३० साउन २०८०, १३ : १९
एमजीले ल्यायो एक्सचेन्ज अफर

काठमाडौँ। एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । आफ्नो १०० औं वार्षिकोत्सवको अवसरमा एमजीले यो एक्सचेन्ज अफर ल्याएको हो ।

 

यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी प्राप्त गर्नेछन् ।‘एमजी मोटर्सको १०० औं वार्षिकोत्सवको अवसरमा हामीले यो अफर ल्याएका छौं । हामीलाई यहाँसम्म आइपुग्न नेपाली ग्राहकहरूले दिनुभएको साथ र विश्वासको अघि हामी सदैव आभारी छौं’ पारामाउन्ट मोटर्सले भनेको छ ।

२६ साउनदेखि भदौ २४ सम्म लागु हुने यस अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, वीरगन्ज, विराटनगरस्थित डिलरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार यस अवधिमा ग्राहकहरूले आफ्नो पुरानो गाडीको उच्चतम मूल्याङ्कन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस