हक्कीको सोलिडारिटी कार्यक्रम सुरु

सफल खबर संवाददाता

मंगलबार, ३० साउन २०८०, १२ : ५८
हक्कीको सोलिडारिटी कार्यक्रम सुरु

काठमाडौँ । नेपाल हक्की सङ्घको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमा मंगलबारदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु भएको छ । सातदोबाटोस्थिति नेपाल ओलम्पिक कमिटीको मुख्यालयमा सुरु भएको कार्यक्रममा एसिया हक्कीका डेभलपमेन्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिनेछन् ।

 

कार्यक्रममा प्रशिक्षक, निर्णायक र सङ्घका पदाधिकारी गरी कुल ३० जनाको सहभागिता रहेको छ । कार्यक्रममा हक्की खेलको प्रशिक्षक र निर्णायकको प्राविधिक पक्षबारे प्रशिक्षण दिइनेछ । इभेन्ट्स म्यानेजमेन्टबारे पनि प्रशिक्षण दिइनेछ । 

प्रशिक्षकका भूमिकामा रहेका अली पाकिस्तानका पूर्वअन्तर्राष्ट्रिय खेलाडी पनि हुन् । प्रशिक्षणका क्रममा हक्की खेलको सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान पनि प्रदान गरिनेछ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कार्यक्रमको उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस