काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले गत साउन ३ गते बरामद गरेको सय किलो सुन नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामा धमाधम जोख्ने काम भइरहेको छ।
राजस्व अनुसन्धान विभाग, सीआईबी र नेपाल राष्ट्र बैंकका प्रतिनिधिको रोहबरमा सुन लुकाइएको ब्रेक सुको कार्टुन खोलिएको हो।
नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार पत्रकारहरुमाझ एउटा कार्टुन खोलिएको हो। एउटा कार्टुन बट्टामा २० वटा ब्रेक शु रहेको टक्सार महाशाखाका प्रमुख आचार्यले बताए ।
सुरूमा बरामद भएका ब्रेक शुका सबै बट्टाबाट सुन निकालिने उनले बताए। त्यसपछि गाल्ने प्रक्रिया अघि बढाउने उनले बताए। गालिसकेपछि यसको गुणस्तर थाहा पाइने उनले बताए।
उनले भने ‘यसको गुणस्तर के हो भन्ने कुरा प्रोब्याब्ली हामीले आज या भोलिसम्म गाल्ने प्रयास गर्छौं। यसको तीनदिन पछि आरसी परीक्षण पनि आउँछ,’ ।
सबै सुन जोखिसकेपछि आजै बेलुकादेखि पगाल्ने काम अघि बढाइने आचार्यले बताए। उनका अनुसार ब्रेक सुसहित बरामद सामानको परिमाण १५५ केजी थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ साउन २०८०, १४ : ५०
लेखकबाट थप